वृद्धाश्रमका जेष्ठ नागरिकलाई एक लाखका सामाग्री वितरण
admin     5 months ago     81
वृद्धाश्रमका जेष्ठ नागरिकलाई एक लाखका सामाग्री वितरण

पुष १० पर्वत-

पर्वतको मोदीवेनी स्थित वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई खाद्यन्न र लत्ताकपडा वितरण गरिएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि.वन र लायन्स क्लव अफ फेवा फिस्टेल सिटी पोखराले जेष्ठ नागरिकहरुलाई सोमवार १ लाख वरावरको खाद्यन्न र लत्ताकपडा वितरण गरेको जनाएका छन् । 

जाडो मौसममा न्यानोको आवश्यकता रहेका २० जनालाई कम्वल, चामल, चिनी,तेल, दाल, आलु लगायतका सामाग्री वितरण गरिएको हो । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि. वान का चिफ एडभाईजर चन्द्रवहादुर जिसीले सामाग्री वितरण गर्नुभयो । 

उहाँले समस्यामा रहेका जेष्ठ नागरिकहरुलाई सामाग्री हस्तान्तरण गर्दा आफ्नो क्लवलाई स्वर्गिय आनन्द प्राप्त भएको वताउनुभयो । जिसीले वृद्दवृद्धाहरुको सम्मान र सहयोगले सहयोगदाताहरुलाई अशेष आशीर्वाद लाग्ने कुरा वताउनुभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जोन चियर पर्सन सुरेन्द्र पौडेल, लायन्स क्लव अफ फेवा फिस्टेल सिटीका अध्यक्ष केदार ढकाल, मोदीवेनी दिव्यधामका अध्यक्ष गोपालदास वैरागी लगायतले वोल्नुभएको थियो । मोदीवेनीमा रहेका वृद्धाश्रममा वस्ने जेष्ठ नागरिकहरुलाई दिएको सहयोगले केहि दिनका लागि समस्या टरेको अध्यक्ष गोपालदास वैरागीले वताउनुभयो । 

उहाँले वृद्धाश्रममा रहेका व्याक्तिहरुलाई यसरी विभिन्न दातृ संस्थाले सहयोग गर्दै आईरहेको वताउनुभयो । वृद्धाश्रमलाई थप व्यवस्थि तगर्न लागिएको मोदीवेनी दिव्यधामका अध्यक्ष खुमराज पराजुलीले वताउनुभएको छ । अहिले भैरहेको ठाउँवाट पारिपट्टि वागलुङ जिल्लामा पर्ने कालिगण्डकीको तिरमा सुविधासम्पन्न आश्रम निर्माणधिन रहेको पराजुलीले वताउनुभएको छ । सहयोग स्वरुप सामाग्री पाएपछि वृद्धवृद्धाहरुले खुशी व्यक्त गरेका छन् । उक्त कार्यक्रमको सञ्चालन लायन्स क्लवका सचिव कुलप्रसाद वरालले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार ( मुख्य खबर)