समृद्ध फलेवास : सकरात्मक सोच एक पुर्वसर्त
बिजय पौडेल     1 month ago
समृद्ध फलेवास  : सकरात्मक  सोच एक पुर्वसर्त


अघिल्लो पटक घर आउदा गाउकै एक जना  व्यक्तित्वले फलेवास नगरपालिकाले क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रमको नाममा रुख काटेर फलेवासलाई मरुभुमिकरणको दिशामा अगाडि बढेको बताउदै  नगरपालिकाको नेतृत्वमाथी भिम उपाध्यायकै हाराहारिमा गालिग्लोज गर्नुभयो  सगै खराव नेतृत्वको तिमिहरुले बिरोध गर्न सक्दैनौ यस्तो परिस्थिति निर्माणमा तिमिहरु पनि जिम्वेवार छौ भन्दै मलाई समेत बाकी राख्नुभएन।


  यो पटक बन्दाबन्दिको कारणले होला उहांसग बल्ल हिजो भेट भयो कोरोना,लकडाउन, विश्व आर्थिक संकट,बेरोजगारी, नेपालको स्थिती,राष्ट्रीयता,सिमाना,नयां नक्सा हुँदै कुरा फलेवास नगरपालिका सम्म नआउने कुरै भएन नगरपालिकाले दिएको काक्राको बीउ राम्रो परेछ लटरम्म फल्यो रे उहाँको घरमा यो बर्ष केरा सुन्तला कागती लिची जस्ता फलफुलका १५० बेर्ना यो बर्ष लगाउने योजना अनुसार नगरपालिकामा माग गरि खाल्टा तयार गर्दै हुनुदोरहेछ त्यसैले पहिले जस्तो फुर्सद नभएको उहाँले वताउनु भयो।


 यो दोस्रो बसाईमा उहाँले नगरपालिका यहाँको नेतृत्वको मुक्तकण्ठले प्रशंशाका शब्द खर्चिनु भयो। १० बर्षपछी यहाँको पाखा वारि ईलामको चियावारी भन्दा कम नहुने ,यो नगरले गरेका कामको नतिजा एक दशकपछी सामान्य मान्छेले समेत महसुस गर्न सक्ने ठोकुवा गर्नुभयो। यसकालागी चुनौतिको रुपमा बादरआतंङ्क भएकाले घरवरपरका ठुला रुखहरु काटी सामुहिकतामा जोड दिनु पर्ने उहाँको निश्कर्ष रह्यो मैले भने यस्तो निश्कर्ष निकाले


   नगरपालिका केही गरेन,नेतृत्व निकम्मा भयो,यसो भएन उसो गर्दा राम्रो हुन्थ्यो खराव सोर्है आना सहि जस्ता राजनितिक दाउपेचको उद्देश्यले  प्रतिष्ठित मानिएका ब्यक्तिले गर्ने टिप्पणिले समाजमा ठूलो अर्थ राख्छ समाजका सामान्य सदस्य जो सधै अभाव धेरै महत्वकाङ्क्षाले थिचिएका छन उनिहरुलाई यो टिप्पणि एकदम जायज सत्य गैरराजनितिक दृष्टिकोण लाग्छ जसबाट उनिहरुको क्षणिक उद्देश्य पूरा हुन्छ। एक छिन गोयबल्स शैलिमा कुप्रचार गरेर नेतृत्वको आलोचना गरेर नङ्गाउन सकिएला,बिरोधी जनमत तयार गर्न सकिएला तर असल मनसायले गरिएका प्रत्येक कार्यमा झुटका पुलिन्दा पानीको फोका जसरि अवश्य फुट्नेछन जसरी उहाँको दृष्टिकोणमा महिनामा नै ३६० डिग्रीमा परिवर्तन आयो।


 

फेरि फलेवास नगरमा नै फर्कौ आज नगरले के कति काम गर्यो ? नगरले गरेका कामहरु पर्याप्त छन कि छैनन ? यी प्रश्नहरु बहसका बिषय बन्न सक्छन तर आजको मुल सन्दर्भ यो हो कि नगरले गरेका कामहरु,निर्माण गरेका नीति योजनाहरुले सहि छन कि छैननरु भोलिको आउदो पुस्ताका आवश्यकताहरु सग सम्झौता गरिएको कि छैनरु अवसरहरुको समन्यायिक वितरण मार्फत सामाजिक न्याय प्राप्तिको पथमा अगाडि बढेको कि छैनरुयी प्रश्नको केन्द्रमा रहेर यहांको नेतृत्वलाई रचनात्मक आलोचना सहित समर्थन गरौ।


 एक व्यक्तिको कमजोरिले यो  भुगोल जिल्ला सदरमुकाम हुने अवसरबाट कसरी बन्चित भयो र ? आज यो क्षेत्रले उक्त व्यक्तिको हरेक पुस्तालाई कलङ्कको रुपमा परिभाषित गर्दै गर्दा हामी पनि ब्यक्तिगत पुर्वाग्रह राजनितिक स्वार्थमाथी उठ्न नसके आउदो पुस्ताले हामिलाई पनि कलङ्कको टीका लगाईदिन बिवश हुने छ।