कुलले जस्तै नियती अर्जुन र महेशले भोग्न नपरोस्
भरत पौड्याल     4 years ago
कुलले जस्तै नियती अर्जुन र महेशले भोग्न नपरोस्
पर्वतको विहादी गाउँपालिका ३ रानीपानी निवासी पौड्याल हाल युकेमा छन् र पर्बत वेलफेर सोसाइटी युकेको महासचिब हुन्।

गैर आवसिय नेपाली संघ (एनआरएनए)को अधिवेशन गत हप्ता सम्पन्न भएको छ । काठमाडौँमा भएको निर्वाचनमा करिव ८० भन्दा बढि मुलुकमा आवद्ध एनआरएनएकर्मीहरुको उपस्थिती रह्यो  अनि बिबादमुक्त रहन नसकेको अधिवेशनले अध्यक्ष पदमा गोर्खामा जन्मिएका जर्मन निवासी कुमार पन्तलाइ  निवार्चित गरे पनि चर्चित भए उनका प्रतिद्धन्द पर्वतमा जन्मिएका कुल आचार्य।  


सरल, शितल र भलद्मि स्वाभावका आचार्य सवैको नजरमा हाईहाई थिए । तर, एनआरएनएको निर्वाचनमा उनी झिनो मतले पराजय हुन पुगे । कारणहरु  धेरै होलान तर एउटा थियो आफ्नै जिल्लाका पर्वतेहरुमा दलगत स्वार्थ । भावनात्मक रुपमा एकतावद्ध हुँदै आएका पर्वतेहरु एनआरएनएको निर्वाचनको बेला एकाएक दलगत स्वार्थमा विभाजित भए । करिब दुइ वर्ष अगाडी स्थापना भएको विश्वभरि छरिएर रहेका पर्वतेहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले पर्वते उम्मेदवारलाई जिताउन निकै कसरत गरेको थियो र सो संस्थाले पर्वतेहरुलाई एकिकृत बनाउने कार्यमा जुट्दै आएको छ। अन्य जिल्लाको तुलनमा पर्वत जिल्लाको मत उल्लेखनिय रुपमा बढि नै थियो र  पर्वतका मत पर्वते उम्मेदवारलाई पर्ने कुरामा पर्वतवासी जनसमुदाय ढुक्क थिए । पर्वतेहरु पनि खुलेर सार्वजानिक ठाउँवाटै कुल अचार्यको पक्षमा भोट माग्दै हिँडेका थिए । तर, यति संगठित हुँदा हुँदै पनि केही पर्वतेहरु आफ्नो जिल्ला भन्दा पनि पार्टीगत स्वार्थमा आचार्यलाई हराउन कम्मर कसेर लागे । स्थानीय तहको निर्वाचनमा निवार्चित भएका पर्वतकै एक जनप्रतिनिधीले समेत कुल आचार्यको विपक्षमा मत हाले ।थोरै मतको अन्तरले कुल आचार्यले पर्वतवाट इतिहाँस रच्ने सुवर्ण अवसर गुमाउनु भयो ।


गैर आवसिय नेपाली संघको  स्थापना भएको १६ बर्ष ईतिहासमा उच्च पदमा पुगेर अध्यक्ष पदका प्रत्यासी बनेका कुल आचार्य पर्वत जिल्लाका पहिलो एनआरएनएकर्मी अध्यक्ष पदका प्रत्यासी हुन् । पर्वतवाट उम्मेदवार बनेका आचार्य पराजय भएपनि उपाध्याक्षमा पर्वतको फलेवास ६ देविस्थानमा जन्मिएर बेल्जियम निवासी अर्जुन श्रेष्ठ र कोषाध्याक्षमा कुश्माका महेश श्रेष्ठ निर्वार्चित भए । आचार्यको पराजयले निराश बनेका पर्वतवासी अनुहारमा अर्जुन र महेशको विजयीले जिल्लावासीको अनुहारमा केही खुशी थप्ने काम गर्यो।   


तपाईहरुलाई बेलायतको एउटा उदाहरण सुनाउँछु । करिव एक महिना अगडी बेलायतमा एनआरएनएको निर्वाचन भएको थियो । एनआरएनए बेलायत अध्यक्ष पदमा लमजुङका शेर सुनार र अर्की उम्मेदवार बनेकी थिईन पुनम गुरुङ । पुनमलाई गुरुङ समुदायको साथ र समर्थन थियो । बेलायतमा लमजुङका गुरुङ समुदायको बाक्लो जनघनत्व रहेको ठाउँ हो । तर लमजुङ समाजले जातिय भन्दा पनि भेगिय हिसावले आफनै जिल्लाका शेर सुनारलाई समर्थन गर्यो। सिंगो लमजुङ समाज नै सुनारको पक्षमा उभियो । तर फरक परिस्थीतिले सुनार पराजित भए । तर उनले  लमजुङका तमु (गुरुङ) हरुको मत उल्लेखनिय पाए ।  


तर पर्वत सन्दर्भमा हेर्ने भने हामी पर्वतेहरु धेरै कुराले चुकोँ । हामी भावनात्मक रुपले भन्दा पनि पार्टीगत स्वार्थमा बिक्यौँ । राजनिति आस्था विचारको आधारमा प्रतिस्पर्धा गरौँ । पर्वतेहरु हरेक कुरामा एकजुट हुन्छन् भन्ने सन्देश प्रस्तुत गदै आएका हामी पर्वतेहरु भावनारुपमा अझै एकवद्ध हुन नसकेको कुरा एनआरएनएको निर्वाचनले प्रमाणित गरिदिएको छ । वास्तवमा हामी विदेशमा भएका प्रवासीले पार्टी भन्दा पनि समग्र पर्वतलाई विकास र समृद्धिलाई हेर्नुपर्ने थियो । जब हामी पर्बतमा हुन्छौ , हामी अर्जुन जोशी  वा पदम गिरिका समर्थक हुनपर्छ  तर जना हामी विदेश मा औचौ, हाम्रो प्राथमिकता हाम्रो जन्मभूमि पर्बत्लाई हुन पर्दछ।   दुखका साथ भन्नुपर्छ त्यो कुरामा हामी पर्वते चुकेकै हो । आज जसरी कुल आचार्यलाई राजनिति सिकार बनाईएकै  कारण उनी थोरै मत पराजय हुन पुगे । अवको हरेक निर्वाचन हुँदै गर्दा हामी फेरी पर्वते उम्मेदवारलाई छोडेर राजनिति आस्था र स्वार्थमा विक्यौ भने हामीले फेरी कुल आचार्यकै जस्तै नियती भोग्नु पर्दछ । 


त्यसैले अव प्रवासमा हुने क्रियाकलाप होस् या निर्वाचनमा  भेगिय, जातिय र राजनितिक आस्थालाई एक छिन छोडेर पर्वत जिल्लाको मुद्धामा केन्द्रित हुनुपर्दछ । किनकी पर्वतेसँग हाम्रो भावना विचार सवै मिलेको छ । हाम्रो ध्यान पर्वत जिल्लाको समृद्धि र विकास सँग जोडिएको छ । पर्वतको हितमा एनआरएनको कुरा गर्दा अर्को पटक अर्जुनकुमार श्रेष्ठ, महेशकुमार श्रेष्ठ वा अरु कुनै पर्वते उम्मेदवार बन्छ भने हामी पर्वतेहरुले राजनितिक आस्थालाई छोडेर हाम्रो पर्वतको भावनात्मक एकता प्रकट गर्ने बानीको विकास गरौँ । हाम्रो भातृत्वलाई छुटाउन अनेक षडयन्त्र हुन सक्छन् । ति षडयन्त्रलाई चिर्न हामी बिचमा सौहादैपूर्ण सम्बन्ध हुनु आवश्यक छ र  हामीले मात्र पर्वत हेरौँ । पर्वत जिल्लाको विकास र समृद्धिलाई निएलौँ ।  हामीले एउटा मौका चुकाई सक्यौ  । अव आउने मौकामा पर्वतले फेरी नचुकायोस् । हाम्रो सानो गल्तीले आगमी चुनावमा महेश र अर्जुन लगायत अन्य पर्वतेले कुलको जस्तै नियती भोग्न नपरोस्  ।